बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको अनुगमन

बिर्तामोड, ३० कात्तिक । निर्माणधिन बुट्टाबारी(प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शहरी विकास मन्त्रालयका प्रतिनिधि र नगरपालिकाका ईन्जिनियर सहितको टोलीले आज अनुगमन गरेको हो । विश्व [...] The post बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको अनुगमन appeared first on Jhapa Online.

Nov 15, 2024 - 13:48
 0
बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको अनुगमन

बिर्तामोड, ३० कात्तिक । निर्माणधिन बुट्टाबारी(प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ ।

वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शहरी विकास मन्त्रालयका प्रतिनिधि र नगरपालिकाका ईन्जिनियर सहितको टोलीले आज अनुगमन गरेको हो ।

विश्व बैंकको ५८ करोड ५४ लाख ३१ हजार दुई सय चौध रुपैयाँ लगानीमा ६।२५ किलोमिटर सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । सडकको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति भएको जनाईएको छ ।

निर्माण व्यवसायी मनोज उप्रेतीले समयमै काम सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको बताउनु भयो । आरपी साप समता जेभीले निर्माणको काम गरीरहेको छ ।

The post बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको अनुगमन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register