भारत र चीनबीच एलएसीमा सेनाको गस्ती गर्ने सहमति

काठमाडौं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ”केही सातादेखि भारत र चीनबीच कूटनीतिक र सैन्य […]

Oct 21, 2024 - 12:13
 0
भारत र चीनबीच एलएसीमा सेनाको गस्ती गर्ने सहमति

काठमाडौं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ”केही सातादेखि भारत र चीनबीच कूटनीतिक र सैन्य तहमा वार्ता भइरहेको थियो । त्यसैको नतिजा भनेको एलएसीमा सेनाको गस्ती गर्ने सम्बन्धमा दुवै देशबीच सहमति भएको हो ।”

यो सम्झौतापछि दुवै देशका सेना भारत–चीन सीमाबाट हट्ने र सन् २०२० मा एलएसीमा सुरु भएको विवाद समाधान हुने विश्वास विक्रम मिश्रीले व्यक्त गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर २२/२३ मा रुसको कजानमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन जाँदैछन् । यस शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आउनेछन् । मोदी र सी चिनफिङबीच द्विपक्षीय बैठक पनि हुनसक्ने बताइएको छ ।

मिश्रीले दुई देशका राष्ट्राध्यक्षबीच भएको द्विपक्षीय भेटको पुष्टि नगरे पनि द्विपक्षीय विषयमा छलफल हुने बताएका छन् ।

सीमा विवाद समाधानका लागि भारत र चीनबीच दर्जनौं चरणको वार्ता भइसकेको भएपनि दुवै देशले अहिलेसम्म कुनै टुंगोमा पुग्न सकेको छैन ।

सन् २०२० मा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच हिंसात्मक झडप भएको थियो । जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने धेरै चिनियाँ सैनिकको पनि मृत्यु भएको थियो ।

त्यसयता दुई देशबीच तनाव छ । तर, यसले दुवै देशको व्यापारमा कुनै असर गरेको छैन । दुई देशबीचको द्विपक्षीय व्यापार सन् २०२३ सम्ममा १३६ अर्ब डलर पुग्यो । सन् २०२२ मा दुई देशबीच १३५.९८ बिलियन डलरको व्यापार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register