झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

बनियानी, २८ असोज । झापाको अर्जुनधारा नगरपालिकाबाट आज श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरिएको छ । आज दिउँसो आफ्नी श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा अर्जुनधारा–३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । आज दिउँसो ३ः५० बजे अर्जुनधारा–३ दार्जिलङ डाँडास्थित [...] The post झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ appeared first on Jhapa Online.

Oct 14, 2024 - 17:58
 0
झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

बनियानी, २८ असोज । झापाको अर्जुनधारा नगरपालिकाबाट आज श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरिएको छ ।

आज दिउँसो आफ्नी श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा अर्जुनधारा–३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

आज दिउँसो ३ः५० बजे अर्जुनधारा–३ दार्जिलङ डाँडास्थित भरत कुमालको घरको आँगनमा वीरबहादुरले श्रीमती मुनाको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । श्रीमतीको हत्या गरेर फरार भएका उनलाई अर्जुनधारा–३ को जुकेखाडी जंगलबाट पक्राउ गरिएको प्रवक्ता चन्दले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

The post झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register