मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी, २८ असोज । झापामा आज १० जना सडक मानवको उद्धार गरिएको छ । मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आजदेखि शुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ का क्रममा जिल्लाका विभिन्न स्थानबाट नौ जना पुरुष र एक जना महिलाको उद्धार गरिएको हो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको उद्धार अभियानका [...] The post मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार appeared first on Jhapa Online.

Oct 14, 2024 - 17:54
 0
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी, २८ असोज । झापामा आज १० जना सडक मानवको उद्धार गरिएको छ ।

मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आजदेखि शुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ का क्रममा जिल्लाका विभिन्न स्थानबाट नौ जना पुरुष र एक जना महिलाको उद्धार गरिएको हो ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार जना, बिर्तामोड नगरपालिकाबाट दुई जना, कनकाई नगरपालिकाबाट दुई जनाको र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले दिनुभयो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावका साथ शुरु भएको ३२ दिने अभियानका क्रममा आज उद्धार गरिएकाहरुलाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा गृह प्रवेश गराएको उहाँले बताउनुभयो ।

मानव सेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

पहिलो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सात सय ५८ जना र अघिल्लो वर्षको उद्धार यात्रामा तीन सय चार जनाको उद्धार गरिएको जनाइएको छ । मंगलबार मोरङको पथरी, बेलबारी, विराटनगरमा उद्धार कार्य गरिने छ ।

असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार यात्राको शुभारम्भ गर्नुभएको थियो । यो यात्रा आगामी कात्तिक २८ गते सकिनेछ ।

The post मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register