न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

काठमाडौँ । न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेको हो । न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो । यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा […]

Oct 15, 2024 - 04:03
 0
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

काठमाडौँ । न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो ।

यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।

यो जितपछि न्यूजील्याण्डको समुह ए मा ४ खेलमा ६ अंक भएको छ र समुहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । समुह ए बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

योसँगै समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ ।  


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register