झापाको शिवसताक्षीबाट १२ जना जुवाडे पक्राउ

झापा, २९ असोज । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित एक होटलबाट नगदसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति शिवसतक्षी–९ दुधे स्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य खेल तास खेलाउँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक बुक तास र रू पाँच लाख चार हजार ३० सहित १२ जनालाई पक्राउ गरिएको [...] The post झापाको शिवसताक्षीबाट १२ जना जुवाडे पक्राउ appeared first on Jhapa Online.

Oct 15, 2024 - 09:10
 0
झापाको शिवसताक्षीबाट १२ जना जुवाडे पक्राउ

झापा, २९ असोज । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित एक होटलबाट नगदसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति शिवसतक्षी–९ दुधे स्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य खेल तास खेलाउँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक बुक तास र रू पाँच लाख चार हजार ३० सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा शिवसताक्षी–६ का ५० वर्षीय मिलन भण्डारी, ४२ वर्षीय नविन तिम्सिना, शिवसताक्षी–९ का ४७ वर्षीय दिपक तामाङ, ३९ वर्षीय प्रकाश लिम्बू, ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाराकोटी, ४१ वर्षीय खगेन्द्र उप्रेती, २० वर्षीय सौगात मैनाली, शिवसताक्षी–११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, ३६ वर्षीय लोकबहादुर बिश्वकर्मा, ३९ वर्षीय बिनोद खरेल (घर तथा होटल साहु) र भारत कलकत्ताका ४१ वर्षीय परिदोश पल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खरेलको घरको तेस्रो तलाको एउटा कोठामा उनीहरुले तास खेलिरहेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको जनाइएको छ ।

The post झापाको शिवसताक्षीबाट १२ जना जुवाडे पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register