तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए […]

Oct 15, 2024 - 14:04
 0
तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए । संक्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए ।

जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा  देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा संक्रमण देखिएको छ ।

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रमक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई संक्रमण गर्छ । सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यो रोगबाट सङ्क्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताए । यस रोगको सङ्क्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा सङ्क्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन उनले आग्रह गरे । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register