साफ महिला च्याम्पियनसिप : बंगलादेशी टोली नेपाल आइपुग्यो (तस्वीरहरू)

काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशी टोली नेपाल आइपुगेको छ । मंगलबार काठमाडौं आइपुगेको बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । यसअघि माल्दिभ्स र पाकिस्तानी टोली नेपाल आइसकेका छन् । च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र […]

Oct 15, 2024 - 09:49
 0
साफ महिला च्याम्पियनसिप : बंगलादेशी टोली नेपाल आइपुग्यो (तस्वीरहरू)

काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशी टोली नेपाल आइपुगेको छ ।

मंगलबार काठमाडौं आइपुगेको बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।

यसअघि माल्दिभ्स र पाकिस्तानी टोली नेपाल आइसकेका छन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register