कमला ह्यारिसको क्याम्पियनमा टेलर स्विफ्ट र एआर रहमान

काठमाडौं । कमला ह्यारिसको चुनावी क्याम्पियनमा  विश्वका चर्चित कलाकारहरु टेलर स्विफ्ट र एआर रहमानले साथ दिएका छन् ।  उनीहरुले सामाजिक सञ्जाल एवं लाइभ प्रस्तुतिमार्फत कमला पक्षमा प्रचारप्रसार गरिरहेका छन् । भारतीय संगीतकार रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) विजय कोष संगठनले रेकर्ड […]

Oct 17, 2024 - 04:59
 0
कमला ह्यारिसको क्याम्पियनमा टेलर स्विफ्ट र एआर रहमान

काठमाडौं । कमला ह्यारिसको चुनावी क्याम्पियनमा  विश्वका चर्चित कलाकारहरु टेलर स्विफ्ट र एआर रहमानले साथ दिएका छन् ।  उनीहरुले सामाजिक सञ्जाल एवं लाइभ प्रस्तुतिमार्फत कमला पक्षमा प्रचारप्रसार गरिरहेका छन् ।

भारतीय संगीतकार रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) विजय कोष संगठनले रेकर्ड गरेको हो।

एआर रहमान ह्यारिसलाई समर्थन गर्ने दक्षिण एशियाका पहिलो अन्तर्राष्ट्रिय कलाकार हुन्। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । भारतीय मूलकी कमला यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दावेदार हुन् ।

एआर रहमानले अमेरिकामा प्रगतिशील विचारधारा नेताहरू र कलाकारहरूमा आफ्नो आवाज थपेका हुन् । यसअघि एआर रहमान र इन्डियास्पोराका अध्यक्ष एमआर रंगास्वामीको भिडियो टिजर पनि रिलिज भएको थियो ।

टेलर स्विफ्टले पनि कमला ह्यारिसलाई भोट गर्न अपील गरेकी थिइन । टेलर स्विफ्टले सेप्टेम्बर १० मा इन्स्टाग्राम पोस्टमा गर्दै लेखेकी थिइन् – म २०२४ को राष्ट्रपतीय चुनावमा कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु। उनीहरु अधिकारका लागि लडिरहेका छन् ।

उनले कमलालाई प्रतिभाशाली र आत्मविश्वासी नेताको रुपमा व्याख्या गरेका थिए । इन्स्टाग्राममा टेलर स्विफ्टका २८३ मिलियन (२८.३० करोड) फलोअर्स छन् । यसअघि ग्रामी अवार्ड विजेता मेगन स्टालियनले पनि कमलाको र्‍यालीमा प्रस्तुति दिएकी थिइन् ।

कमलाका लागि भारतीय समुदायको चुनावी अभियान अमेरिकामा रहेका भारतीय समुदायले कमला ह्यारिसका लागि चुनावी अभियान सुरु गरेका छन् । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको रिपोर्ट अनुसार अमेरिकामा २१ लाखभन्दा बढी भारतीय-अमेरिकी मतदाता छन्।

भारतीय मूलका नागरिक स्वदेश चटर्जीले समाचार एजेन्सी पीटीआईलाई भने-कमलाकी आमा भारतीय हुन् र उनले त्यो विरासत र संस्कृति पाएकी छिन्। मलाई लाग्छ कि हामी भारतीय-अमेरिकीहरूले पार्टी लाइनहरू भन्दा पर गएर कमलालाई समर्थन गर्नुपर्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register