भन्सार छलेर ल्याउँदै गरेको २ लाख ५० हजारको कपडा बरामद

झापा, १ मंसिर । भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सात बोरा कपडा प्रहरीले बरामद गरेको छ । आज दिउँसो बिर्तामोड–५ महानन्द चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा चेकप्वाइन्ट टोलिले काँकडभिट्टाबाट बिर्तामोडतर्फ जादै गरेका विभिन्न सवारी साधन चेक जाँच गर्ने क्रममा भारतबाट अबैध [...] The post भन्सार छलेर ल्याउँदै गरेको २ लाख ५० हजारको कपडा बरामद appeared first on Jhapa Online.

Nov 16, 2024 - 12:36
 0
भन्सार छलेर ल्याउँदै गरेको २ लाख ५० हजारको कपडा बरामद

झापा, १ मंसिर । भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सात बोरा कपडा प्रहरीले बरामद गरेको छ ।

आज दिउँसो बिर्तामोड–५ महानन्द चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा चेकप्वाइन्ट टोलिले काँकडभिट्टाबाट बिर्तामोडतर्फ जादै गरेका विभिन्न सवारी साधन चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार रुपैयाँ बराबरको ७ बोरा विभिन्न किसिमका कपडा बरामद गरिएको हो ।

बरामद कपडा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदन कुमार रसाइलीले जानकारी दिनुभयो ।

The post भन्सार छलेर ल्याउँदै गरेको २ लाख ५० हजारको कपडा बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register