दोस्रो सातामा ‘छक्कापञ्जा’लाई उछिन्यो ‘१२ गाउँ’ले, आज पायो ८६ शो !

काठमाडौं । दशैंको रौनकसँगै रिलिज भएका तीन फिल्महरू – ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले आजबाट प्रदर्शनको दोस्रो हप्तामा पाइला चालेका छन् । तर, हरेक फिल्मको यात्रा एकैनास छैन । पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो, जसमा क्यूएफएक्स मात्राले १०० भन्दा धेरै शो […]

Oct 17, 2024 - 11:11
 0
दोस्रो सातामा ‘छक्कापञ्जा’लाई उछिन्यो ‘१२ गाउँ’ले, आज पायो ८६ शो !

काठमाडौं । दशैंको रौनकसँगै रिलिज भएका तीन फिल्महरू – ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले आजबाट प्रदर्शनको दोस्रो हप्तामा पाइला चालेका छन् । तर, हरेक फिल्मको यात्रा एकैनास छैन ।

पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो, जसमा क्यूएफएक्स मात्राले १०० भन्दा धेरै शो दिएको थियो । अहिले दोस्रो सातामा, क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरीजस्तै ७१ मा झरेको छ ।

 ‘१२ गाउँ’ ले शोमा बाजी मार्यो

पहिलो हप्तामा १३५ शो पाएको यो फिल्मले दोस्रो सातामा प्रवेश गर्दै ‘छक्का पञ्जा ५’ लाई उछिनेर ८६ शो पाएको छ ।

काठमाडौंका क्यूएफएक्स आउटलेटहरूमा समेत ‘१२ गाउँ’ ले शुक्रबारका लागि धेरै शो पाएको छ ।

‘ज्वाइँ साब’को यात्रा मध्यम

वसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्मले सुरुवातमा ९४ शो पाएको भए पनि, आज दोस्रो हप्तामा ८ शो मा झरेको छ ।

‘बेहुली फ्रम मेघौली’ हलबाट हटाइयो

निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ हलहरूले शो घटाएको भन्दै हलबाट हटाएका छन् । फिल्म ओटीटीमा चाँडै आउने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register