११ हारपछि पाकिस्तानको पहिलो जित, बाबर-शाहिनबिनै इङ्ल्यान्डलाई हरायो

काठमाडौं । मुल्तानमा जारी दोस्रो टेस्टमा पाकिस्तानले पुनरागमन गर्दै इंग्ल्याण्डलाई १५२ रनले पराजित गरेको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्टमा हारपछि जित निकालेको हो । यससँगै पाकिस्तानले सिरिजमा १–१ को बराबरी गरेको छ । यति मात्र होइन, सन् १९८७ पछि टेस्ट म्याचमा दुई पाकिस्तानी स्पिन बलरले एउटै खेलमा पाँच–पाँच विकेट लिएको यो पहिलो पटक […]

Oct 18, 2024 - 08:59
 0
११ हारपछि पाकिस्तानको पहिलो जित, बाबर-शाहिनबिनै इङ्ल्यान्डलाई हरायो

काठमाडौं । मुल्तानमा जारी दोस्रो टेस्टमा पाकिस्तानले पुनरागमन गर्दै इंग्ल्याण्डलाई १५२ रनले पराजित गरेको छ ।

पाकिस्तानले घरेलु मैदानमा ११ टेस्टमा हारपछि जित निकालेको हो । यससँगै पाकिस्तानले सिरिजमा १–१ को बराबरी गरेको छ ।

यति मात्र होइन, सन् १९८७ पछि टेस्ट म्याचमा दुई पाकिस्तानी स्पिन बलरले एउटै खेलमा पाँच–पाँच विकेट लिएको यो पहिलो पटक हो ।

दोस्रो टेस्टमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

आयोजक टोलीले पहिलो इनिङ्समा डेब्यू खेलाडी कमरान गुलामको ११८ रन र साम अयुबको ७७ रनको योगदानमा ३६६ रन बनाएको थियो ।

पहिलो इनिङ्समा ब्याटिङमा आएको पाकिस्तानले इङ्ल्यान्डको टोली २९१ रनमा अलआउट भएको थियो । तर, इङ्ल्यान्डका लागि बेन डकेटले शतक प्रहार गर्दै ११४ रनको इनिङ खेले । तर, उनी बाहेक अन्य कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

पाकिस्तानका लागि साजिद खानले सर्वाधिक ७ विकेट लिए । आफ्नो दोस्रो इनिङ्समा ७५ रनको अग्रता लिएर ब्याटिङमा आएको पाकिस्तानी टोलीले आगा सलमानको अर्धशतकको मद्दतले २२१ रन बनाएको थियो।

दोस्रो इनिङ्समा इंग्ल्याण्डले पाकिस्तानविरुद्ध जित दर्ता गर्न २९६ रन जोडेको थियो । तर, उत्कृष्ट बलिङका कारण पाकिस्तानले इंग्लिस टोलीलाई १४४ रनमा अलआउट गर्दै दोस्रो टेस्ट १५२ रनले जित्यो ।

इङ्ल्यान्डविरुद्धको दोस्रो इनिङ्समा बलिङ गर्दा पाकिस्तानका लागि नोमान अलीले सर्वाधिक ८ विकेट लिए । जहाँ यस टेस्ट सिरिजको पहिलो खेलमा पाकिस्तानले मुल्तानमा नै पाहुना टोलीसँग हार व्यहोरेको थियो ।

सिरिजको पहिलो टेष्ट खेल इंग्ल्याण्डले एक इनिङ्स र ४७ रनले जितेको थियो ।

दोस्रो टेस्टमा पाकिस्तानी टोली बाबर आजम र शाहिन शाह अफ्रिदी बिना खेलेको थियो । खराब प्रदर्शनका कारण उनीहरुलाई क्वाडबाट निकालिएको हो ।

पीसीबीले बाबर , शाहिन, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register