सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार एक अर्ब नाघ्यो

काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना (सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम) को आकार रु. १ अर्ब नाघेको छ । उक्त योजना २०७८ असार १६ गते बाट रु. २० करोडको आकारबाट सुरु भएको थियो । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना ( सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान […]

Nov 17, 2024 - 11:23
 0
सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार एक अर्ब नाघ्यो

काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना (सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम) को आकार रु. १ अर्ब नाघेको छ ।

उक्त योजना २०७८ असार १६ गते बाट रु. २० करोडको आकारबाट सुरु भएको थियो । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना ( सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान -एसआइपी) मा हाल करिब १९,००० इकाईधनीहरु आवद्ध रहेका छन् । अश्विन मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ती मुल्य (न्याभ) रु.११.३० रहेको छ ।

व्यवस्थित लगानी योजनामा लाभांश पुनःलागनी हुने, सजिलै खरिद बिक्री हुने, इकाईको खरीद तथा बिक्री खुद सम्पत्ति मुल्यमा हुने जस्ता विशेषताहरु रहेको छन् ।

लगानीकर्ताहरुले यस योजनाको इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेडको सम्पर्क कार्यालयहरु (विराटनगर, विरगंज, भरतपुर, पोखरा र नेपालगञ्ज), सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयहरु तथा सिद्धार्थ क्यापिटल लिमिटेडको वेवसाइटबाट इकाई खुद सम्पत्ती मूल्यमा खरीद/बिक्री गर्न सकिनेछ र एसआइपीमा समेत आवद्ध हुन सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register