२ महिनामा ६ करोडको तास आयात, ३ करोड राजस्व संकलन 

काठमाडौँ । पछिल्लो २ महिना (साउन र भदौ) मा नेपालमा ६ करोड बढीको तास आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म ६ करोड ११ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ७ हजार ८ सय ९२ प्याकेट तास आयात गरिएको हो ।  तासको आयातबाट मात्रै राज्यले दुई महिनामा ३ करोड ५२ […]

Oct 18, 2024 - 13:11
 0
२ महिनामा ६ करोडको तास आयात, ३ करोड राजस्व संकलन 

काठमाडौँ । पछिल्लो २ महिना (साउनभदौ) मा नेपालमा ६ करोड बढीको तास आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म ६ करोड ११ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ७ हजार ८ सय ९२ प्याकेट तास आयात गरिएको हो । 

तासको आयातबाट मात्रै राज्यले दुई महिनामा ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

विभागका अनुसार नेपालमा सबैभन्दा धेरै तास चीनबाट आयात हुँदै आएको छ । साउन र भदौमा पनि नेपालमा चीनबाट मात्रै ५ करोड २१ लाख ३ हजार रुपौयाँ बराबरको तास आयात गरिएको छ । 

त्यस्तै, चीनपछि भारतबाट मात्रै नेपालमा दुई महिनामा ९० लाख ५७ हजार रुपैयाँ बराबरको तास आयात गरिएको छ । जसमार्फत राज्यले ३१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

चीन र भारतबाहेक नेपालमा अमेरिका र बेलायत लगायतका देशबाट पनि तास आयात हुँदै आएको छ । यद्यपि नेपालमा कानूनीरूपमा तास खेल्न बर्जित गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register