रास्वपाको पार्टी कार्यालय समर्थकले भरियो, ठूलो संख्यामा प्रहरी परिचालन, मूलगेट बन्द !  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै रास्वपाको पार्टी कार्यालयमा समर्थकको भीड लागेको छ ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएसँगै चहलपहल बढेको पार्टी कार्यालयमा अहिले समर्थकको भीड लागेको हो ।  समर्थकसँगै रास्वपा पार्टी कार्यालयमा ठूलो संख्या प्रहरी परिचालन गरिएको छ । हाल […]

Oct 18, 2024 - 13:11
 0
रास्वपाको पार्टी कार्यालय समर्थकले भरियो, ठूलो संख्यामा प्रहरी परिचालन, मूलगेट बन्द !  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै रास्वपाको पार्टी कार्यालयमा समर्थकको भीड लागेको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएसँगै चहलपहल बढेको पार्टी कार्यालयमा अहिले समर्थकको भीड लागेको हो । 

समर्थकसँगै रास्वपा पार्टी कार्यालयमा ठूलो संख्या प्रहरी परिचालन गरिएको छ । हाल बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयको मूलगेट बन्द गरिएको छ भने समर्थकहरु पार्टी कार्यालयको आँगनमा होहल्ला र नाराबाजी गरिरहेका छन् । 

कास्की प्रहरीले रविलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएसँगै रवि लामिछानेलाई शुक्रबार नै पक्राउ गरेर काठमाडौँबाट कास्की लैजानै प्रहरीले तयारी गरेको छ । अर्कोतर्फ रविले पार्टी कार्यालयमै पत्रकार सम्मेलनको तयारी गरेकोसमेत पार्टीका एक नेताले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register