विश्वका साहसी सिकारी ढाेरपाटनमा सिकार खेल्दै 

काठमाडौं।   मनसुन सकिए लगतै नेपाल घुम्न आएका विश्वका साहसी सिकारीले  ढाेरपाटन आरक्षमा सिकार खेल्न थालेका छन् । यस सिजनकाे प्रथम चरणमै नेपाल ट्राभल एक्सपिडिसन प्रालि जावलाखेलकाे पहिलाे टोली १ नाउर,१ झारल र २ बनेलकाे सिकार खेल्न ढाेरपाटन पुगेकाे थियो । ब्लेइजर आर ९३ हतियार बाेकेर घुस्तुङ्ग ब्लक पुगेका सिकारी भिसभिस छिट्टै स्वदेश फर्कनु पर्ने कारण […]

Oct 19, 2024 - 05:52
 0
विश्वका साहसी सिकारी ढाेरपाटनमा सिकार खेल्दै 

काठमाडौं। 

 मनसुन सकिए लगतै नेपाल घुम्न आएका विश्वका साहसी सिकारीले  ढाेरपाटन आरक्षमा सिकार खेल्न थालेका छन् ।

यस सिजनकाे प्रथम चरणमै नेपाल ट्राभल एक्सपिडिसन प्रालि जावलाखेलकाे पहिलाे टोली १ नाउर,१ झारल र २ बनेलकाे सिकार खेल्न ढाेरपाटन पुगेकाे थियो ।

ब्लेइजर आर ९३ हतियार बाेकेर घुस्तुङ्ग ब्लक पुगेका सिकारी भिसभिस छिट्टै स्वदेश फर्कनु पर्ने कारण नाउरकाे सिकार गरी टोली सहित फर्किएकाे बुझिएकाे छ।

भिसभिसलाई ढाेरपाटनकाे घुस्तुङ्ग ब्लकमा गत असोज २५ देखि ८ कात्तिक सम्म सिकार खेल्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग व्यवस्थापन शाखाकाे अनुमति थियो ।

सिकारी टोली १ नाउरकाे सिकार खेलेर मनसुन मेला हुँदै फर्किएकाे आरक्षका वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र कडेलले बताए ।

भिसभिस जस्तै विभिन्न देशका अन्य ११ जना शिकारीले असोज २५ देखि मंसिर १४ सम्म निर्देशित जनावरकाे सिकार खेल्न स्वीकृति लिएका छन् ।जसमा अमेरिकन नागरिक ड्यालन आर कार्टरले दाेगाडी र सूर्तिवाङ्गमा १ नाउर र २ बनेलकाे सिकार गर्नेछन् ।

अर्का अमेरिकन नागरिक  निकाेलस म्याक स्लेइले दाेगाडीमै १ नाउर तथा डेभिल्यान पार्टेनले दाेगाडी र सेन्ङमा १ नाउर,१ झारल र १ बनेलकाे सिकार खेल्नेछन् ।

घुस्तुङ्ग र फागुने ईलाका जाने शिकारी स्पेनका एडुरिड एल्गुएसिल १ नाउर र १ बनेलकाे सिकार गर्ने राेमाञ्चक याेजनामा छन् ।

यस पटक हिमालयन वाईल्डलाईफ आउटफिटर्स प्रालि काठमाडौंका सिकारीले फागुने,सेन्ङ,सुनदह र सूर्तिवाङ्ग क्षेत्रमा ४ नाउर,३ झारल र ५ बनेलकाे सिकार गर्ने छन् ।

जसका लागि मेक्सिकन शिकारी डेल्फिनाे अल्बर्टाे फागुने ब्लकमा, डच नागरिक कार्सटेन युडाे सेन्ङ र सुनदह,निल्स ईन्डिटरले सुनदह,सेन्ङ र सूर्तिवाङ्गमा मंसिर १ देखि १४ सम्म सिकार खेल्नेछन् ।

अर्का सिकारी अमेरिकी नागरिक एरिक जाेेसेफले सुनदह क्षेत्रमा यही कार्तिक ७ देखि २० गते सम्म ह्वाइट माउन्टेन बन्दुकद्वारा नाउरकाे सिकार गर्ने भएका छन्।

ढाेरपाटन पुग्ने ओपन नेपाल वाईल्डलाईफ ट्रेक प्रालि काठमाडौकाे टाेलीले रूकुम पूर्वको घुस्तुङ्ग ब्लकबाट २ झारल र १ नाउरकाे सिकार गर्ने पक्का भएको छ ।

जसका लागि बुल्गेरियन नागरिक याकाेभ भेलिच्काे र स्पेनका सिकारी मार्टिन एल्गुवासिल कार्तिक १४ देखि २७ सम्म ब्लेईजर हतियार सहित सिकार खेल्न जाने छन् ।

अर्काे ग्लोबल सफारी नेपाल प्रालि ठमेलकाे टाेलीमा सहभागी लाटभियाका शिकारी मिस्टर आइभर्सले कार्तिक ३० देखि मंसिर १३ सम्म बार्से र घुस्तुङ्ग पुगेर २ नाउर १ झारल र १ बनेलकाे सिकार गर्नेछन् ।

नेपालकाे एकमात्र सिकार आरक्ष ढाेरपाटनमा यस आवकाे पहिलाे याम सिकार दस्तुर बापत राज्यले १ कराेड ४५ लाख ९२ हजार ४ सय रूपैयाँ  राजश्व संकलन गरेको छ ।

यसै सम्बन्धमा नेपाल ट्राभल एक्सपिडिसनका व्यवस्थापक कृष्ण थापा विश्वका साहसी र सौखिन सिकारीका लागि ढाेरपाटन सिकार आरक्ष आकर्षक गन्तव्य भएको बताउँछन् ।

भारत,चिन,भुटान,पाकिस्तान लगायत उच्च हिमाली क्षेत्रमा विचरण गर्ने बाख्रा प्रजातिका जीव नाउरकाे सिकार खेल्न पारखी सिकारीहरूकाे रोजाइमा नेपाल  पर्ने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register