चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए

काठमाडौँ। हेटौँडा उपमहानगरपालिका–२ स्थित एक होटेलमा पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटेलमा शुक्रबार अपराह्न काठमाडौँ चाबहिल–७ बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। असोज २७ गतेदेखि मानन्धर सोही होटेलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बस्दै आएको र फोन […]

Oct 19, 2024 - 07:16
 0
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए

काठमाडौँ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित एक होटेलमा पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटेलमा शुक्रबार अपराह्न काठमाडौँ चाबहिल–७ बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

असोज २७ गतेदेखि मानन्धर सोही होटेलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बस्दै आएको र फोन गर्दा नउठेपछि प्रहरी, जनप्रतिनिधिको रोहबरमा होटेलको कोठा खोली हेर्दा मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ।

मृत फेला परेका मानन्धरको मामाघर हेटौँडा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव हेटौँडा अस्पतालमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register