पाँच दिनको अन्तरमा मेस्सीको अर्को ह्याट्रिक, न्यु इंग्ल्याण्डविरुद्ध मियामीको ६ गोल

फ्लोरिडा । लियोन मेस्सीको ह्याट्रिकसँगै इन्टर मियामीले न्यु इंग्ल्याण्ड रिभोसुलसनलाई ६–२ गोलले जित हासिल गरेको छ । इन्टर मियामी जर्सीमा मेस्सीको यो पहिलो ह्याट्रिक हो । योसँगै टोलीले मेजर लिग सकर (एमएलएस) मा एकै सिजनमा सबैभन्दा धेरै अङ्कको रेकर्ड बनाएको छ । यसअघि द रिभोलुसनले सन् २०२१ मा ७३ अंकको रेकर्ड बनाएको थियो । यो […]

Oct 20, 2024 - 02:25
 0
पाँच दिनको अन्तरमा मेस्सीको अर्को ह्याट्रिक, न्यु इंग्ल्याण्डविरुद्ध मियामीको ६ गोल

फ्लोरिडा । लियोन मेस्सीको ह्याट्रिकसँगै इन्टर मियामीले न्यु इंग्ल्याण्ड रिभोसुलसनलाई ६–२ गोलले जित हासिल गरेको छ । इन्टर मियामी जर्सीमा मेस्सीको यो पहिलो ह्याट्रिक हो ।

योसँगै टोलीले मेजर लिग सकर (एमएलएस) मा एकै सिजनमा सबैभन्दा धेरै अङ्कको रेकर्ड बनाएको छ । यसअघि द रिभोलुसनले सन् २०२१ मा ७३ अंकको रेकर्ड बनाएको थियो । यो सिजन मियामीले ७४ अंक बनाएको छ ।

पाँच दिन अघि मेसीले अन्र्जेन्टिना र भोलिभियाको खेलमा ह्याट्रिक गरेका थिए । शनिबार राति भएको खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे । खेलको ५८ औं मिनेटमा मैदान छिरेका मेस्मीले बेन्जामिन क्रेमास्चीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि ३ मिनेटको अन्तरमा मेस्सीले ७८ औं र ८१ औं मिनेटमा दुई गोल थपे । उनले ८९ औँ मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे ।

खेलमा लुईस सुवारेजले पनि पहिलो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गरेका थिए । यद्यपि, खेलमा अग्रता भने न्यु इंग्ल्याण्डले लिएको थियो । टोलीका लागि लुका लांगोनी र डायलिन बोरेरोले गोल गर्दै सुरुआती अग्रता दिलाएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register