११ जना सडक आश्रित मानवहरुको उद्धार

जनकपुरधाम, ४ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा १ बाट २ जना, [...] The post ११ जना सडक आश्रित मानवहरुको उद्धार appeared first on Jhapa Online.

Oct 20, 2024 - 02:14
 0
११ जना सडक आश्रित मानवहरुको उद्धार

जनकपुरधाम, ४ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा १ बाट २ जना, वडा ३ बाट ३ जना, गोलबजार नगरपालिका ६ बाट २ जना र मिर्चैया नगरपालिका ७ बाट १ जना गरी सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट १ बाट २ जनाको उद्धार भएको हो ।

मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभएको छ ।

उद्धार हुनुभएका ८ जना पुरुष र ३ जना महिलालाई मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरी सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

The post ११ जना सडक आश्रित मानवहरुको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register