रास्वपाको आन्दोलनले सेयर बजारमा असर गर्छ ?

काठमाडौँ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु यतिबेला सडक संघर्षमा छन् । स्वयम् पार्टीका सभापति लामिछानेले पक्राउ पर्नुअघि सरकारको दिनगन्ती सुरु भएको बताएका थिए । काँग्रेसको एउटा खेमा नै यो गठबन्धनको विरोधमा हुनु, एमालेकै नेताहरुले पनि सरकारको आयुका बारेमा विभिन्न टिप्पणी गर्नुले कतै सरकार ढल्न लागेको त होइन ? […]

Oct 20, 2024 - 03:49
 0
रास्वपाको आन्दोलनले सेयर बजारमा असर गर्छ ?
काठमाडौँ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु यतिबेला सडक संघर्षमा छन् । स्वयम् पार्टीका सभापति लामिछानेले पक्राउ पर्नुअघि सरकारको दिनगन्ती सुरु भएको बताएका थिए । काँग्रेसको एउटा खेमा नै यो गठबन्धनको विरोधमा हुनु, एमालेकै नेताहरुले पनि सरकारको आयुका बारेमा विभिन्न टिप्पणी गर्नुले कतै सरकार ढल्न लागेको त होइन ? भन्ने बहस सुरु भएको छ । यो बहससँगै अवको सेयर बजार कता जान्छ भन्ने बहससमेत सुरु भएको छ ।
सेयर बजारका जानकार सुबास चन्द्र भट्टराई सेयर बजार माथि जाने लयमै लागेकोले पछिल्ला घटनाक्रमले केहि असर गरेपनि बजार माथि नै जाने तर्क गर्छन् । ‘राजनीतिले सेयर बजारमा असर गर्छ नै । केहि असर गर्ला, तर बजार माथि नै जान्छ ।’
बजार विश्लेषक मनिष अर्याल भने पछिल्लो घटनाक्रमले सेयर बजारलाई खासै असर नगर्ने र बजार माथि नै जाने तयारीमा रहेको दाबी गर्छन् । ‘सेन्टिमेन्ट केहि समय कस्तो हुन्छ भन्ने हो । तर अहिलेको राजनीतिक सरगर्मीले अहिलेको सरकार केहि हुँदैन । त्यसैले लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था छैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पनि तिहार लगत्तै नयाँ समीकरण बन्ने संकेतसहितको अभिव्यक्ति दिएपछि यतिबेला बजारमा यसबारे बहस सुरु भएको छ । तर एमाले र काँग्रेस नेताहरुले तत्काल यस्तो सम्भावना नरहेको र अहिलेको सरकार लामै जाने कुरामा ढुक्क हुन भनिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register