पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११:४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र ५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरिएको छ । “५ जनाभन्दा बढी […]

Oct 20, 2024 - 07:43
 0
पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११:४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र ५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरिएको छ । “५ जनाभन्दा बढी व्यक्ति जम्मा भएर अनसन, धर्ना, जुलुश, प्रदर्शन, घेराउ, विरोध प्रदर्शनलगायतका निषेध गरिएको छ,” प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register