शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे पुन:नियुक्त भएका छन् । इन्स्योरेन्सको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई सीईओमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । पाण्डे विगत २० वर्षदेखि कम्पनीको सीईओ छन् । उनीसँग बीमा […]

Oct 20, 2024 - 07:43
 0
शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे पुन:नियुक्त भएका छन् । इन्स्योरेन्सको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई सीईओमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । पाण्डे विगत २० वर्षदेखि कम्पनीको सीईओ छन् ।

उनीसँग बीमा क्षेत्रमा तीन दशक लामो कार्य अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register