निषेधाज्ञा जारी भएपछि रास्वपा नेताहरूको टिप्पणी- विचरा कायर सरकार !

काठमाडौं । पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी भयो । पोखराको शहीद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूले ‘सरकार डराएको’ रूपमा अर्थ्याएका छन् । रास्वपा नेताहरू अहिले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् […]

Oct 20, 2024 - 08:43
 0
निषेधाज्ञा जारी भएपछि रास्वपा नेताहरूको टिप्पणी- विचरा कायर सरकार !

काठमाडौं । पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी भयो ।

पोखराको शहीद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूले ‘सरकार डराएको’ रूपमा अर्थ्याएका छन् । रास्वपा नेताहरू अहिले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले आफूहरूले विरोध प्रदर्शनका सबै कार्यक्रम बनाइसकेपछि निषेधाज्ञा जारी गरिएको भन्दै सरकार डराएको टिप्पणी गरेका छन् ।

रास्वपा उपसभापति डीपी अर्यालले सरकारलाई ‘कायर’ भनेका छन् । उनले अर्यालले भनेका छन्, “हामीलाई निषेध गर्नैका लागि निषेधाज्ञा जारी भयो, निषेधाज्ञा जारी गरेर सरकारले आफ्नो कायरता देखायो ।”

यस्तै कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले ‘विचरा सरकार’ भन्दै सरकारप्रति टिप्पणी गरेका छन् ।

“अहिले हामी उभिएको २०४६ को जनआन्दोलनमा झपिन्द्र कार्की र ऋषिराम परियार शहीद हुनुभएको स्थान’शहीद चोक’ लाई केन्द्रबिन्दु बनाइ सरकारले भर्खरै निषेधाज्ञा जारी गरेको छ, विचरा सरकार,” उनले भनेका छन् ।

रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register