गोकर्णेश्वर नगरपालिकाभित्र पटकामा पूर्ण प्रतिबन्ध

नगरपालिकाले जारी गरेको सूचनामा कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ

Oct 20, 2024 - 09:19
 0
गोकर्णेश्वर नगरपालिकाभित्र पटकामा पूर्ण प्रतिबन्ध

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले चाडपर्वको समयमा पटका र पटकाजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नेपाली हिन्दूहरूको चाड तिहारलाई मध्यनजर गर्दै नगरपालिकाले उक्त निर्णय गरेको हो । नगरपालिकाका प्रमुख दीपक कुमार रिसालद्वारा जारी विज्ञप्तिमा नगर क्षेत्रभित्र पटका र पटकजन्य कुराको बिक्री-वितरण तथा प्रयोगमा पूर्ण रूपले रोक लगाइएको उल्लेख छ ।

नगरपालिकाले जारी गरेको सूचनामा कानून उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

नगरपालिकाले पटका तथा पटकाजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य र सुरक्षामा खलल पुर्‍याउन सक्ने भन्दै सचेत रहन सबैलाई अनुरोधसमेत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register