मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३, याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्यान्डका नागरिक ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ । राति सकुशल सुतेका सेसलर बिहान नउठेपछि लेक लागेर […]

Oct 20, 2024 - 09:36
 0
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु

काठमाडौं ।

मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३, याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्यान्डका नागरिक ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।

राति सकुशल सुतेका सेसलर बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register