सरकारका प्रवक्ता भन्छन्- सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा सरकार लाग्यो

काठमाडौं । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी विशेष संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा सरकारमा लागेको बताएका छन् । आइतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो बताएका हुन् । “सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनअनुसार कारबाही सुरू भएको छ,” उनले भने । अहिले यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका […]

Oct 20, 2024 - 13:01
 0
सरकारका प्रवक्ता भन्छन्- सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा सरकार लाग्यो

काठमाडौं । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी विशेष संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा सरकारमा लागेको बताएका छन् ।

आइतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो बताएका हुन् ।

“सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनअनुसार कारबाही सुरू भएको छ,” उनले भने ।

अहिले यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत, कास्कीले थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रास्वपा नेताहरूले आफ्ना सभापति पक्राउ गरेर सरकारले प्रतिशोध साँधेको आरोप लगाइराखेको बेलामा प्रवक्ता गुरुङले यस्तो बताएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register