नेदरल्यान्ड्सका बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि टोलीले अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरामा अनुबन्ध भएका २४ वर्षीय लिडे नेदरल्यान्ड्सका लागि ३८ टी-२० आईमा […]

Oct 21, 2024 - 08:01
 0
नेदरल्यान्ड्सका बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि टोलीले अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरामा अनुबन्ध भएका २४ वर्षीय लिडे नेदरल्यान्ड्सका लागि ३८ टी-२० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् ।

लिडेलाई अनुबन्ध गरेपछि पोखराका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register