त्रिविले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्न पत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने त्रिविले जनाएको छ । त्रिविका अनुसार  अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी   तयारी गरिएको छ । उक्त […]

Oct 21, 2024 - 13:37
 0
त्रिविले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र निर्माण गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्न पत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने त्रिविले जनाएको छ । त्रिविका अनुसार  अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी   तयारी गरिएको छ । उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिनेछ ।

त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक पत्र लेख्दै पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको छ ।

यसअघि  त्रिविले अङ्ग्रेजी भाषामा मात्रै प्रश्न पत्र निर्माण गर्दै आएको छ ।  त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गते बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा पश्नपत्र  तयार पार्ने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register