प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको ५० लाख

काठमाडौं‌ ।  युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ । युनिलिभरका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर  ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै युनिलिभरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत दैनिक […]

Oct 21, 2024 - 17:19
 0
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको ५० लाख

काठमाडौं‌ ।  युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

युनिलिभरका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर  ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै युनिलिभरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ ।

युनिलिभर नेपालले हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद घडीमा प्रभावित समुदायको सहयोगको लागि सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित रहेको जनाएको छ ।

युनिलिभरले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता समेत जनाएको छ ।

युनिलिभर नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीहरू मध्ये एक हो  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register