ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाले दिए उम्मेदवारी

काठमाडौं  । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका  छन्  । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वासले […]

Nov 17, 2024 - 13:53
 0
ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाले दिए उम्मेदवारी

काठमाडौं  । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका  छन्  । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वासले उम्मेदवारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, राप्रपा नेपालबाट राजु मुसहर र समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गरेका छन् । यस्तै नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register