दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम रहेको हल्ला, नेपाली सेनाको टोलीले चेकजाँच गर्दै 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिष्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । मंगलबार साँझ भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको उक्त जहाजमा बम राखेको हल्ला फैलिएको हो ।  जहाजमा बम राखिएको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीले जहाजमा ‘सर्च अपरेशन’ सुरु गरेको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार हाल जहाजमा […]

Oct 22, 2024 - 13:25
 0
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम रहेको हल्ला, नेपाली सेनाको टोलीले चेकजाँच गर्दै 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिष्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । मंगलबार साँझ भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको उक्त जहाजमा बम राखेको हल्ला फैलिएको हो । 

जहाजमा बम राखिएको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीले जहाजमा ‘सर्च अपरेशन’ सुरु गरेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार हाल जहाजमा सवार सबै यात्रुलाई जहाजबाहिर निकालेर नेपाली सेनाको टोलीले सर्च गरिरहेको छ । 

भिष्टाराको उडान नम्बर यूके १५५ नम्बरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा बम राखेको हल्ला फैलिएको थियो । जहाजमा बम राखिएको भन्ने हल्ला दिल्लीबाटै आएको बताइएको छ । एयरपोर्टमा अन्य जहाजबाट हुने उडान तथा अवतरण भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register