मुख्यमन्त्रीको गुनासोः संघले संविधानप्रदत्त अधिकार पनि हस्तान्तरण गरेन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले म‌ंगलबार धनगढीमा आयोजना गरेको महासचिव/सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा मुख्यमन्त्री शाहले संघले अधिकार हस्तान्तरण नगर्दा शिक्षा क्षेत्रमा पनि काम गर्न नसकिएको बताए । सं‌विधानप्रदत्त अधिकार हस्तान्तरण नभएकै […]

Oct 22, 2024 - 13:25
 0
मुख्यमन्त्रीको गुनासोः संघले संविधानप्रदत्त अधिकार पनि हस्तान्तरण गरेन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको गुनासो गरेका छन् ।

नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले म‌ंगलबार धनगढीमा आयोजना गरेको महासचिव/सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा मुख्यमन्त्री शाहले संघले अधिकार हस्तान्तरण नगर्दा शिक्षा क्षेत्रमा पनि काम गर्न नसकिएको बताए ।

सं‌विधानप्रदत्त अधिकार हस्तान्तरण नभएकै कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको उनले जिकिर गरे । उनले भने, ‘उच्च शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन, विश्वविद्यालय छैन ।’

मुख्यमन्त्री शाहले अगाडि थपे, ‘शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन् । सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ ।’

उनले सङ्घीयतालाई बलियो बनाउन, जनविश्वास र भरोसा बढाउन प्रदेशलाई प्रदत्त अधिकार तत्काल हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register