आफू सुत्ने बेडसिट कति समयमा धुनुपर्छ ?

एजेन्सी । हामी आफ्नो शरीरको सरसफाइ त गर्छौँ नै, घरमा झाडु, पोछा लगाउने पनि गरिरहेका हुन्छौँ । यी कामहरू हाम्रो सामान्य दैनिकी हुन्  । तर, तपाईंले आफ्नो बेडसिट कति समयमा धुने गर्नुहुन्छ ? स्वस्थ रहनको लागि घर र आफ्नो शरीरसँगै आफू सुत्ने बेडसिटको पनि ध्यान राख्नु महत्त्वपूर्ण छ । आज हामी यसैको बारेमा केही चर्चा […]

Oct 22, 2024 - 13:31
 0
आफू सुत्ने बेडसिट कति समयमा धुनुपर्छ ?

एजेन्सी । हामी आफ्नो शरीरको सरसफाइ त गर्छौँ नै, घरमा झाडु, पोछा लगाउने पनि गरिरहेका हुन्छौँ । यी कामहरू हाम्रो सामान्य दैनिकी हुन्  । तर, तपाईंले आफ्नो बेडसिट कति समयमा धुने गर्नुहुन्छ ? स्वस्थ रहनको लागि घर र आफ्नो शरीरसँगै आफू सुत्ने बेडसिटको पनि ध्यान राख्नु महत्त्वपूर्ण छ । आज हामी यसैको बारेमा केही चर्चा गर्नेछौँ ।

विज्ञकाअनुसार बेडसिटलाई हप्तामा कम्तीमा एक पटक अवश्य धोइहाल्नुपर्छ । यदि बेडसिटमा फोहोर देखिँदैन भने पनि हप्तामा एक पटक धुनुपर्छ । घरमा यदि कोही बिरामी छ भने बेडसिट हरेक दिन धुनुपर्छ । यदि कोही व्यक्तिले शारीरिक व्यायाम गरेपछि नुहाउँदैन भने पनि हरेक दिन बेडसिट धुनुपर्छ, किनकि शरीरमा भएका किटाणु बेडसिटमा सर्ने गर्छन् ।

फोहोर बेडसिटले निम्त्याउन सक्ने समस्या

छालामा समस्या

यदि तपाईंले बेडसिट लामो समयसम्म धुनुभएन भने यसले छालाको स्वास्थ्य बिग्रिन सक्छ । जसले गर्दा अनुहारमा डन्डिफोर आउने, ह्वाइटहेड जस्ता समस्याहरू निम्त्याउन सक्छ । यसले छालाका अन्य समस्याहरू जस्तै एक्ने वा एक्जिमा पनि उत्पन्न गर्न सक्छ ।

फंगल र ब्याक्टेरियल इन्फेक्सन

फोहोर बेडसिटले छालामा फंगल र ब्याक्टेरियल इन्फेक्सनको खतरा पनि बढाउन सक्छ । अमेरिकन स्लीपको एक अध्ययनले पत्ता लगाएको छ कि एक हप्ता नधोएको बेडसिटमा बाथरुमको ढोकाको ह्यान्डलमा भन्दा २४,६३१ बढी ब्याक्टेरिया हुन्छ । नधोएको बेडसिटमा सुत्दा धेरै इन्फेक्सन फैलन सक्छ । यसमा रिंगवर्म, छालाका घाउ, नङहरू फंगल जस्ता समस्या हुन सक्छ ।

एलर्जी र सास फेर्न समस्या

नधोएको सुत्ने ठाउँले एलर्जी र सास फेर्ने समस्याहरू ल्याउन सक्छ । अध्ययनले देखाएको छ कि धुलोका कणहरू सास फेर्ने एलर्जीको मुख्य कारण हुन् । लामो समयसम्म नधोएको बेडसिटमा सुत्दा दम सुरु हुन सक्छ वा एलर्जी अझ बढ्न सक्छ ।

निद्राको समस्या

जब सुत्ने स्थान फोहोर हुन्छ यसले निद्राको चक्रमा पनि बाधा आउन सक्छ । निद्राको कमीले तनाव निम्त्याउँछ र दिमाग र शरीरका लागि दीर्घकालीन समस्या सिर्जना गर्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register