वल्र्डकपका उसु खेलाडीको बिदाई

हटौँडा । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोबर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउलु वल्र्डकपमा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जितको शुभकामनासहित उसु खेलाडीहरुको बिदाई गरेका हुन् । मन्त्री महर्जनले वागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको […]

Oct 22, 2024 - 13:30
 0
वल्र्डकपका उसु खेलाडीको बिदाई

हटौँडा ।

जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोबर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउलु वल्र्डकपमा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ ।


वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जितको शुभकामनासहित उसु खेलाडीहरुको बिदाई गरेका हुन् । मन्त्री महर्जनले वागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि साथ र सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीलाई सहभागी गराएर खेलमार्फत् राष्ट्रको नाम विश्वसामु चिनाउन र पदकसमेत जित्न सफल बनाउन उसु महासंघको महत्वपूर्ण योगदान रहेको भन्दै महासंघलाई धन्यबाद दिए ।

वल्र्डकपमा खेलाडीहरु दीपक हमाल, विजय सिञ्जाली, निमा घर्तीमगर, पासाङ शेर्पा र राजीब तामाङ सहभागी हुनेछन् । नेपाली उसु टोलीको नेतृत्व महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठले टिम कोचको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

वल्र्डकपमा सहभागी हुने खेलाडीहरु २०२४ अप्रिलमा चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनौट भएका हुन् । एसियाली राष्ट्रमध्ये उक्त प्रतियोगितामा नेपालले मात्र सहभागी हुने अवसर पाएको महासंघ महासचिव लामाले बताए ।

काडमाडौंमा आयोजित बिदाई कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष देवेन्द्रकुमार शेरचन, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत् राष्ट्रिय टिम तयारी निर्देशक दीपक बिष्ट, उपनिर्देशक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठलगायतले खेलाडीहरुलाई जितको शुभकामना दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register