त्रिभुवन विमानस्थलमा उडान सुचारू, भिस्तारामा सेनाको ‘सर्च’ जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएको छ । अहिले भिस्ताराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको छ । नेपाली सेनाले भिस्टारामा ‘सर्च’ जारी राखेको छ । यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएसँगै अब कार्गो […]

Oct 22, 2024 - 14:13
 0
त्रिभुवन विमानस्थलमा उडान सुचारू, भिस्तारामा सेनाको ‘सर्च’ जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएको छ ।

अहिले भिस्ताराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको छ ।

नेपाली सेनाले भिस्टारामा ‘सर्च’ जारी राखेको छ । यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएसँगै अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ सुरु भएको छ ।

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि केहीबेर उडान रोकिएको थियो ।

सर्च अपरेशनमा नेपाली सेनासँगै नेपाल प्रहरी पनि परिचालित छ । अहिले तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register