रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ । सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् । अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले जानकारी दिए । पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ […]

Oct 22, 2024 - 16:25
 0
रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ ।

सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् । अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले जानकारी दिए ।

पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register