अध्यागमन महानिर्देशमा रिजाल, चितवनमा पौडेल

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी वरिष्ठ सह-सचिव गोविन्द रिजाललाई दिएको छ । यसैगरी मन्त्रालयले चितवनको प्रमुख जिल्ला अधिकारीमा प्रकाश पौडेललाई पठाएको छ । अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि रिक्त महानिर्देशकमा मन्त्रालयकै वरिष्ठ सहसचिव रिजाललाई पठाइएको हो । रिजालले यस अघि काठमाडौं, मकवानपुर, दाङलगायतका जिल्लामा प्रमुख […]

Oct 23, 2024 - 11:36
 0
अध्यागमन महानिर्देशमा रिजाल, चितवनमा पौडेल

काठमाडौं ।


गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी वरिष्ठ सह-सचिव गोविन्द रिजाललाई दिएको छ । यसैगरी मन्त्रालयले चितवनको प्रमुख जिल्ला अधिकारीमा प्रकाश पौडेललाई पठाएको छ ।

अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि रिक्त महानिर्देशकमा मन्त्रालयकै वरिष्ठ सहसचिव रिजाललाई पठाइएको हो ।

रिजालले यस अघि काठमाडौं, मकवानपुर, दाङलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफलतापुर्वक कार्य सम्पन्न गरिसक्नु भएको छ । रिजाल इमान्दार र क्षमतावान प्रशासकको रुपमा परिचित छन् ।


गृह मन्त्रालयले चितवनको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा सरुवा गर्दै चितवनको प्रमुख जिल्ला अधिकारीमा पौडेललाई पठाइएको हो ।

पौडेल स्पष्ट योजना बनाउँन सक्ने कुशल प्रशासक तथा असल समन्वयकर्ताका रुपमा परिचित छन् । दुबै जनाले आ आफ्नो ठाउँमा सेवा प्रवाह प्रभावकारी बनाउन उल्लेख्य भुमिका खेल्न सक्ने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register