काठमाडौं महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार  महानगरले १०८ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो । महानगरले प्रकाशित गरेको सूचनामा लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको छ । महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ […]

Oct 23, 2024 - 14:07
 0
काठमाडौं महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार  महानगरले १०८ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो ।

महानगरले प्रकाशित गरेको सूचनामा लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको छ ।

महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना मागेको छ ।

यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ ।

महानगरका अनुसार दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र  दिन सकिने  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register