साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेश ५-१ ले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो सेमिफाइनलमा अहिले भुटान र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेशले भुटानमाथि ५–१ को अग्रता लिएको हो । बंगलादेशका लागि सबिना खातुन, तोहुरा खातुन र रितु पोर्ना चक्मा गोल गरे भने भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काए । यस खेलको […]

Oct 27, 2024 - 08:37
 0
साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेश ५-१ ले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो सेमिफाइनलमा अहिले भुटान र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेशले भुटानमाथि ५–१ को अग्रता लिएको हो ।

बंगलादेशका लागि सबिना खातुन, तोहुरा खातुन र रितु पोर्ना चक्मा गोल गरे भने भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काए ।

यस खेलको विजेताले फाइनलमा स्थान पक्का गर्दै दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सो खेलमा भारत र नेपाल बेलुकी साढे ६ बजे आमनेसामने हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register