भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो । बंगलादेशका लागि तोहुरा खातुनले […]

Oct 23, 2024 - 15:42
 0
भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौँ ।

बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । 

यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ । 

त्यस्तै समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने विहिबार लाग्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register