बेलायतमा तिहार साइत- ३१ अक्टोबरमा लक्ष्मीपूजा, ३ नोभेम्बर बिहान ११ः०५ मा भाइटीका

लन्डन- हिन्दू नेपालीहरुको महान पर्व बडादशैं सकिएसंगै दोस्रो महान पर्व तिहार नजिकिंदैछ । नेपालमा जस्तै विदेशमा बस्ने नेपालीले पनि तिहारलाई ठूलो हर्ष, उल्लाससहित मनाउने गरेका छन् । तिहार नजिकिंदै गर्दा लन्डनस्थित पशुपतिनाथ मदिरका पण्डित ज्योतिषी निलहरि घिमिरेको सक्रियतामा बेलायतको लागि यस वर्ष तिहारको शुभसाइत तय गरिएको छ । पण्डित घिमिरेका अनुसार बेलायतमा यसपटक तिहारको भाइटीकाको […]

Oct 23, 2024 - 15:48
 0
बेलायतमा तिहार साइत- ३१ अक्टोबरमा लक्ष्मीपूजा, ३ नोभेम्बर बिहान ११ः०५ मा भाइटीका

लन्डन- हिन्दू नेपालीहरुको महान पर्व बडादशैं सकिएसंगै दोस्रो महान पर्व तिहार नजिकिंदैछ । नेपालमा जस्तै विदेशमा बस्ने नेपालीले पनि तिहारलाई ठूलो हर्ष, उल्लाससहित मनाउने गरेका छन् ।

तिहार नजिकिंदै गर्दा लन्डनस्थित पशुपतिनाथ मदिरका पण्डित ज्योतिषी निलहरि घिमिरेको सक्रियतामा बेलायतको लागि यस वर्ष तिहारको शुभसाइत तय गरिएको छ ।

पण्डित घिमिरेका अनुसार बेलायतमा यसपटक तिहारको भाइटीकाको शुभ साइत नोभेम्बर ३ तारिख आइतबार बिहान ११ बजेर ५ मिनेटमा परेको छ । आफ्नो अनुकुलताअनुसार उक्त दिनमा शुभ साइतको समयपछि पनि भाइटीका गर्न सकिनेछ । भाइटीका गर्दा टीका लगाइदिने पूर्व र टीका लगाउने पश्चिमतिर फर्किनु उत्तम रहने पण्डित घिमिरेले जनाएका छन् ।

त्यसअघि यस वर्षको धनतेरस अक्टोबर २९ मंगलबार परेको छ भने यमपञ्चक अक्टोबर ३० बुधबारका दिन कागतिहारबाट शुरु हुंदैछ ।

दोस्रो दिन अक्टोबर ३१ तारिख विहीबारका दिन कुकुरतिहारसंगै लक्ष्मीपूजा पनि परेको छ । सामन्यत तेस्रो दिनमा पर्ने लक्ष्मीपूजाको साइत यसपटक दोस्रो दिनमै परेको हो ।

त्यस्तै, तेस्रो दिन नोभेम्बर १ तारिख शुक्रबार गाईपूजा र २ नोभेम्बर शनिबार गोवर्दनपूजाको साइत छ ।

आइतबार नोभेम्बर ३ मा तिहारको समापनसंगै विशेषतः तराई क्षेत्रमा मनाइने हिन्दूहरुको अर्को पर्व छठ नोभेम्बर ७ तारिख बिहीबार परेको छ ।

पञ्चांग निर्णायक समितिले नेपालका लागि तय गरेको साइतका साथै बेलायतको सूर्योदयमा पर्ने समयको अन्तरलाई समेत आधार बनाएर यहाँस्थित अन्य नेपाली पण्डित एवम् ज्योतिषीहरुसंगको परामर्शमा साइत तय गरिएको पण्डित घिमिरेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register