रास्वपाले भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । सहकारी रकम हिनामिना प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध जारी राखेको छ । बिहीबार पोखराका विभिन्न स्थानमा रास्वपाका नेता तथा कार्यकर्ताले धर्ना र विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले निर्दोष रवि फसाउने, सक्दै सक्दैनौ, सहकारी बचतकर्ताको रकम फिर्ता गर, भ्याट छल्नेहरुलाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका […]

Oct 24, 2024 - 08:13
 0
रास्वपाले भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । सहकारी रकम हिनामिना प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध जारी राखेको छ । बिहीबार पोखराका विभिन्न स्थानमा रास्वपाका नेता तथा कार्यकर्ताले धर्ना र विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले निर्दोष रवि फसाउने, सक्दै सक्दैनौ, सहकारी बचतकर्ताको रकम फिर्ता गर, भ्याट छल्नेहरुलाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसैबीच रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नदेखिएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । रास्वपाले भने राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register