पर्फ्यूम लगाउँदा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । सबै व्यक्ति आफ्नो शरीरबाट सुगन्ध चाहन्छन् । यसको लागि बजारमा विभिन्न प्रकारका पर्फ्यूम किन्न पाइन्छ र हरेक व्यक्तिको रोजाइ फरक हुने गर्छ । कोही कडा वासनादार पर्फ्यूम लगाउँछन् भने कोही हल्का मन्द वा वासना भएको लगाउँछन् । तीमध्ये धेरै व्यक्तिहरू विश्वास गर्छन् कि धेरै पर्फ्यूम लगाउँदा धेरै सुगन्ध आउँछ । तर, वास्तवमा यसले […]

Oct 24, 2024 - 10:19
 0
पर्फ्यूम लगाउँदा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । सबै व्यक्ति आफ्नो शरीरबाट सुगन्ध चाहन्छन् । यसको लागि बजारमा विभिन्न प्रकारका पर्फ्यूम किन्न पाइन्छ र हरेक व्यक्तिको रोजाइ फरक हुने गर्छ । कोही कडा वासनादार पर्फ्यूम लगाउँछन् भने कोही हल्का मन्द वा वासना भएको लगाउँछन् । तीमध्ये धेरै व्यक्तिहरू विश्वास गर्छन् कि धेरै पर्फ्यूम लगाउँदा धेरै सुगन्ध आउँछ ।

तर, वास्तवमा यसले उनीहरूको टाउको दुखाउँछ र वरपरका व्यक्तिको पनि टाउको दुख्न सक्छ । हामी सबैलाई थाहा छ कि राम्रो पर्फ्यूमले तपाईंको व्यक्तित्व बढाउन मद्दत गर्छ । त्यसैले आज हामी पर्फ्यूम लगाउँदा गर्ने गल्तीहरू र समाधानका उपायबारे बताउनेछौँ ।

पर्फ्यूम लगाउँदा गर्ने गल्तीहरू

  • अरूको पर्फ्यूम प्रयोग गर्ने
    तपाईंले पनि कहिलेकाहीँ आफ्नो साथीको सुगन्ध मन परेर उनीहरूको पर्फ्यूम प्रयोग गर्नु भएको होला । तर, उनीहरूको जस्तो सुगन्ध तपाईंको शरीरबाट आएन । तपाईंले यो बुझ्नु महत्त्वपूर्ण छ कि अरूको शरीरमा राम्रो बास्ना आउँछ भन्दैमा त्यो तपाईंको शरीरमा पनि राम्रो बास्ना आउँछ भन्ने हुँदैन । तपाईंको छालासँग पर्फ्यूमको कति मिलान हुन्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । तपाईंको छालाको पीएच र पर्फ्यूमसँग कस्तो प्रतिक्रिया गर्छ भन्ने कुराले नै वासनाको विशेषता निर्धारण गर्छ । यो थाहा पाउने एक मात्र तरिका भनेको छालामा स्प्रे गर्ने, केही मिनेट पर्खने, र त्यसपछि सुँघ्ने हो ।
  • सुख्खा छालामा पर्फ्यूमको प्रयोग
    कुनै महत्त्वपूर्ण कार्यक्रममा जाँदा धेरैजसो व्यक्ति कपाल र मेकअप वा लुगामा बढी ध्यान दिन्छन्, जसले गर्दा पर्फ्यूम राम्रोसँग लगाउने समय कम हुन्छ । यसो गर्दा बास्ना छिट्टै हराउँछ । साथै सबैले महँगो पर्फ्यूम भएर पनि काम गरेन भन्ने लाग्छ । तर, फरक–फरक सुगन्धले शरीरमा फरक असर गर्छ । छालालाई मोइश्चराइज गरेपछि पर्फ्यूम लगाउनु सबैभन्दा प्रभावकारी तरिका हो । सुगन्ध विशेषज्ञको सल्लाहअनुसार पहिले मोइश्चराइजर वा लोशन लगाएर पर्फ्यूम छर्कने वा नुहाएपछि नाडीको विन्दुहरूमा पर्फ्यूम छर्कने गर्नुपर्छ ।
  • कपडामा सिधै पर्फ्यूम छर्कने
    हामी सबैले कहिलेकाहीँ बास्ना धेरै बेरसम्म रहोस् भनेर कपडामा सिधै पर्फ्यूम छर्केका हुन्छौँ । तर, जब हामीलाई बास्नाको आवश्यकता पर्छ, त्यति बेला यो प्रायः पूर्ण रूपमा हराइसकेको हुन्छ । यदि तपाईं यस्तो गर्दै हुनुहुन्छ भने तुरुन्तै कपडामा पर्फ्यूम छर्कन छोड्नुहोस् । कपडा लगाएपछि पर्फ्यूमको प्रयोग गर्नु गलत तरिका हो । तपाईंले कपडा लगाउनु अघि नै पर्फ्यूमको प्रयोग गर्नुपर्छ ।
  • गलत तरिकाले भण्डारण
    धेरैजसो मानिसहरूले पर्फ्यूमको बट्टा फ्याँक्ने गर्छन्, तर के तपाईंलाई थाहा छ यसो गर्दा तपाईंको पर्फ्यूमको सुगन्धको कम हुन्छ ? यदि तपाईंले पर्फ्यूमको बोतललाई यसको प्याकेजिङमा राख्नुभयो भने यसको सुगन्ध कायम रहन्छ । धेरै तातो वा धेरै चिसो तापक्रमको सम्पर्कमा आउँदा तपाईंको पर्फ्यूमको सुगन्धको रासायनिक सन्तुलन बिग्रन्छ, जसले गर्दा वासना परिवर्तन हुन्छ । आफ्ना पर्फ्यूमलाई ठिक्क चिसो, सुख्खा ठाउँमा राख्नुहोस् जहाँ सिधा घाम र तातो तापक्रमबाट जोगिएको होस् ।
  • स्प्रेले छाला भिजाउने
    यदि तपाईंलाई सुगन्ध धेरै मन पर्छ भने, यसलाई सिधै छालामा लगाउनबाट बच्नुपर्छ । शरीरबाट कम्तीमा ५ देखि ७ इन्च टाढाबाट पर्फ्यूम स्प्रे गर्नुहोस् । तपाईंले आफ्नो छाला र कपडालाई स्प्रेले भिजाउनबाट बच्नुपर्छ ।

पर्फ्यूम लामो समयसम्म टिकाउन लगाउने सबैभन्दा राम्रो स्थान

शरीरका नाडी विन्दुहरूमा नै पर्फ्यूम लगाउनमा बढी ध्यान दिनुपर्छ । छालाको सतहमा जहाँ धमनीहरू सबैभन्दा बढी देखिन्छन्, त्यसलाई नाडी बिन्दु भनिन्छ । यी नाडी बिन्दुहरूका कारण वासना लामो समयसम्म रहन सक्छ ।

कान पछाडि, कुहिना, नाडीमा, घाँटीको हड्डीहरू बीचमा र घुँडा पछाडि लगाउँदा तपाईंको सुगन्ध लामो समयसम्म रहन सक्छ । यससँगै छातीको बीच भाग, पिँडौला, गोलीगाँठो, र नाभी वरिपरि पनि लगाउन सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register