दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनोजमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई चितवनले अनुबन्ध गरेको हो । ६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले १५१ टी–२० खेल खेलेका […]

Oct 24, 2024 - 11:25
 0
दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनोजमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई चितवनले अनुबन्ध गरेको हो ।

६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले १५१ टी–२० खेल खेलेका छन् । उनीसँग ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको अनुभव छ ।

त्यसैगरी मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामावाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् । सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यू गरेका थिए । उक्त खेलमै उनले सात विकेट लिएका थिए ।

उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यू गरेका थिए । तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए । सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

‘चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु । सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ ल्यांङले भने ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी विदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए ।

‘ल्यांङ ठूलो खेलाडी हुन् । उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं । उनी जस्तो कोही उपलब्ध छ भने छनोट गर्नु ठूलो कुरा होइन । उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भने ।

एनपीएल मंसिर १५ बाट सुरु हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register