हाम्रै अनुहारमा बस्छन् यस्ता डरलाग्दा किरा !

एजेन्सी । तपाईंलाई त्यस्ता परजीवी किराहरूको बारेमा त थाहा होला, जो गाई–भैँसी र कुकुरको शरीरमा टाँसिएर तिनीहरूको रगत चुस्छन् । तर, तपाईंले यो कुरा कहिल्यै सोच्नु पनि भएको छैन होला कि जुन अनुहारलाई सफा मान्नुहुन्छ, त्यहाँ पनि त्यस्तै किराहरूको परिवार बसेको हुन्छ । तपाईंले यो कुरा थाहा पाउँदा पनि अनुहारमा हजारौँ यस्ता कीराहरू घस्रिरहेका छन्, […]

Oct 24, 2024 - 13:25
 0
हाम्रै अनुहारमा बस्छन् यस्ता डरलाग्दा किरा !

एजेन्सी । तपाईंलाई त्यस्ता परजीवी किराहरूको बारेमा त थाहा होला, जो गाई–भैँसी र कुकुरको शरीरमा टाँसिएर तिनीहरूको रगत चुस्छन् । तर, तपाईंले यो कुरा कहिल्यै सोच्नु पनि भएको छैन होला कि जुन अनुहारलाई सफा मान्नुहुन्छ, त्यहाँ पनि त्यस्तै किराहरूको परिवार बसेको हुन्छ ।

तपाईंले यो कुरा थाहा पाउँदा पनि अनुहारमा हजारौँ यस्ता कीराहरू घस्रिरहेका छन्, जसलाई तपाईं नाङ्गो आँखाले देख्न सक्नुहुन्न । जति प्रयास गरे पनि तपाईं तिनीहरूलाई ऐनामा देख्न सक्नुहुन्न ।

ती किराहरु २४ घण्टा तपाईंको अनुहारमा नै बस्छन् किनभने यो नै तिनीहरूको घर हो र यहीँ तिनीहरूको परिवार पनि बसेको छ । यी कीराहरू यति फोहोर छन् कि यदि तपाईंले तिनीहरूलाई देख्नुभयो भने तपाईंलाई आफैसँग घृणा र डर लाग्न थाल्नेछ ।

यी परजीवी कीराहरू हाम्रो कपालको जरा र पूरै शरीरमा भएका रौँको जरामा बस्छन् तर, हाम्रो अनुहारमा तिनीहरूको संख्या सबैभन्दा बढी हुन्छ । जब रात हुन्छ, हामी सुत्छौँ, तब यी कीराहरू हाम्रो रौँको जराबाट बाहिर आउँछ ।

हाम्रो अनुहारमा नै तिनीहरूले प्रजनन प्रक्रिया गर्छ र आफ्नो संख्या बढाउँछ । हाम्रो शरीरको तेल ग्रन्थिबाट निस्कने तेलले तिनीहरूलाई अनुकूल वातावरण प्रदान गर्छ ।

यी कीराहरूको बारेमा धेरै वर्ष पहिला नै पत्ता लागिसकेको थियो । तिनीहरूलाई डेमोडेक्स फोलिकुलोरम ( Demodex folliculorum) र डेमोडेक्स ब्रेभिस (Demodex brevis) भनिन्छ । यी किराहरु नाकको नजिक, परेलाको नजिक, आँखीभौँ र अन्य रौँको जरामा बढी पाइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register