सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः ज्ञवाली

झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताएका छन्। नेकपा (एमाले) झापा जिल्ला कमिटीले बिहीबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी […]

Oct 25, 2024 - 01:54
 0
सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः ज्ञवाली

झापा ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताएका छन्।

नेकपा (एमाले) झापा जिल्ला कमिटीले बिहीबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गरे।

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उनले व्यवस्थाकैविरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे।

उनले यो सरकारले अस्थिरताको अन्त्य गर्नेसमेत कार्यकर्तालाई आश्वासन दिए। नेता ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए। उनले भने, “सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन।”

उनले कार्यकर्तालाई पार्टी र सरकारबारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन सुझाव समेत दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register