ललितपुरमा तातोपानीले नुहाउने स्थान गृह सञ्चालन

 ललितपुर । ललितपुर महानगरपालिका– ३ स्थित ठाडोढुंगामा तातोपानीले नुहाउने गृह सञ्चालनमा ल्याइएको छ ।वडाले एक साथ छ जनाले नुहाउन सकिने गरी स्नान गृह सञ्चालनमा ल्याएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए । सो कक्षको नाउँ युनिसोलार साओर स्टेशन राखिएको छ । सो स्टेशनमा महिला र पुरुषका लागि अलग अलग कक्षको व्यवस्था गरिएको छ ।  चिनियाँहरुले गरेको […]

Oct 26, 2024 - 10:42
 0
ललितपुरमा तातोपानीले नुहाउने स्थान गृह सञ्चालन

 ललितपुर ।

ललितपुर महानगरपालिका– ३ स्थित ठाडोढुंगामा तातोपानीले नुहाउने गृह सञ्चालनमा ल्याइएको छ ।
वडाले एक साथ छ जनाले नुहाउन सकिने गरी स्नान गृह सञ्चालनमा ल्याएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए । सो कक्षको नाउँ युनिसोलार साओर स्टेशन राखिएको छ । सो स्टेशनमा महिला र पुरुषका लागि अलग अलग कक्षको व्यवस्था गरिएको छ । 

चिनियाँहरुले गरेको सर्वेक्षण अनुसार सो कक्षमा नुहाउन प्रतिव्यक्ति ८० रुपैयाँ तोकिनुपर्ने छ । वडावासीहरुको निम्तिको सो रकमको आधा रकम वडाले व्यहोर्ने गृहकार्य गरिरहेको कार्यालयले जनाएको छ । ‘यस विषयमा औपचारिक निर्णय भएको छैन। शुल्कको विषयमा निर्णय नभएसम्म निशुल्क रुपमा नुहाउन दिइरहेका छौं । ’ वडाअध्यक्ष महर्जनले भने, सो स्नान कक्ष बनाउनको लागि नेपालस्थित युनान व्यापारिक प्रतिनिधित्व कार्यालयले आर्थिक सहयोग प्रदान गरेको थियो। युनानको हातमाथि हात लोककल्याणकारी कार्यक्रम अन्तर्गत सो गृहको लागि भवन बनाइदिएको थियो। युनिसोलार नेपाल प्रा.लिको प्राविधिक सहयोगमा सो गृह तयार पारिएको वडा कार्यालयले जनाएको छ । 

शुक्रबार आयोजित एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको सो गृहको शुभारम्भ गरे। सो अवसरमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले वडाअध्यक्ष महर्जनलाई सो भवन हस्तान्तरण गरे। समारोहमा राजदूत वाङले वडाले सञ्चालन गर्दै आएको जनहितका कार्यक्रमलाई मध्यनजर गरेर सो गृह स्थापना गरिएको बताए। समाज र राष्ट्रको परिर्वतन सानातिनाकामबाटै हुने पनि राजदूत वाङको विश्वास रहेको छ ।

सो अवसरमा वडाअध्यक्ष महर्जनले नेपाल र चीनबीच सयौं वर्ष पुरानो जनस्तर र दुई देशबीचको कूटनीतिक सम्बन्धको एउटा ज्वलन्त प्रमाण सो स्टेशन रहेको बताए। सो भवन निरन्तर सञ्चालन गर्ने र त्यसलाई बचाई राख्ने प्रतिबद्धता समेत व्यक्त गरे। ससाना कार्य राम्ररी गरेर नै समाजको परिर्वतन हुने पनि वडाअध्यक्ष महर्जनको भनाई रहेको छ । 

सो वडाले जनहितका योजना अन्तर्गत सर्वसाधारणको दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने योजनाहरु एकपछि अर्को गर्दै सञ्चालन गर्दै आएको पाइएको छ । यस अघि सो वडाले व्यावसायिक तालिम केन्द्र सञ्चालनमा ल्याइएको थियो। विपन्न तथा असहाय, एकल महिलाको सन्तान तर सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि भत्ता प्रदान गर्दै आएको छ । दीर्घ रोगी, कडा रोगी भएकालाई एक महिलाको लागि १० हजार सम्मको औषधी, १० हजार बराबर उपचार खर्च र ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकको जन्मदिन मनाउन प्रति व्यक्ति १ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register