पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छ: इयू राजदूत लोरेन्जो

धुलिखेल (काभ्रे) – नेपालका लागि युरोपेली संघ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजना महत्वपूर्ण भएको बताए । इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको वार्षिक समीक्षा तथा अनुभव साझेदारी कार्यक्रम बिहीबार धुलिखेलमा सम्पन्न भएको थियो । कार्यक्रममा उनले युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस अभियानले […]

Oct 25, 2024 - 04:37
 0
पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छ: इयू राजदूत लोरेन्जो

धुलिखेल (काभ्रे) – नेपालका लागि युरोपेली संघ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजना महत्वपूर्ण भएको बताए ।

इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको वार्षिक समीक्षा तथा अनुभव साझेदारी कार्यक्रम बिहीबार धुलिखेलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उनले युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस अभियानले ठुलो योगदान दिने भएकाले बल दिनुपर्ने बताए ।

लोरेन्जोले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको नजिक रहेको भन्दै, युवाहरुले चाहेमा परिवर्तन सम्भव हुने धारणा राखे ।

उनले भने, “युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरुले चाहेमा जे पनि सम्भव हुन्छ । यसको ज्वलन्त उदाहरण भनेकै यो परियोजनाले एक वर्षमा पाएको उपलब्धी हो ।”

राजदूत लोरेन्जोले कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र शिक्षकहरुलाई परिवर्तनका लागि आशाको केन्द्र भने । उनले भने, “तिमीहरु हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्नुपर्छ  ।”

उनले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्यरूपमा लागू गर्नुपर्ने कुरामा पनि जोड दिए । लोरेन्जोले नेपालले ग्रीन इनर्जी (हरित ऊर्जा) को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रीनसिफ्ट परियोजना एक बृहत अभियान मात्र नभई सामूहिक नेतृत्व र साझा दृष्टिकोणका साथ सबै पक्षलाई एक ठाउँमा ल्याउन सफल भएको बताए ।

मिश्रले भने, “तीनै तहको सरकार, विद्यालय, विद्यार्थी, शिक्षक, समुदायका युवासमुह, निजी फोहोरमैला उद्यमी, र सफाईकर्मीलाई एक साझा उद्देश्यका लागि एक ठाउँमा ल्याउन यस अभियान सफल भएको छ ।”

युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवी गर्न आवश्यक भएकोले वेस्टस्मार्ट फेलोहरुले योगदान गरेको बताए ।

उनले भने, “डाटामा आधारित नीति निर्माणमा वेस्टस्मार्ट फेलोहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ ।”

ललितपुर महानगरपालिकाका उपप्रमुख अञ्जली बज्राचार्यले ललितपुर महानगरपालिकामा परियोजना सञ्चालन गरेकामा इयू र क्रिएसन नेपाललगायतका संस्थालाई धन्यवाद दिँदै यस्ता अभियानलाई अझ बृहत रूपमा विस्तार गर्नुपर्ने खाँचो औंल्याइन् ।

इयूको सहयोगमा सञ्चालित चारवर्षे ग्रीनसिफ्ट नेपाल परियोजना बागमती, लुम्बिनी र मधेश प्रदेशका नौ स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

परियोजनाको पहिलो वर्षमा नेपालगञ्ज उपमहानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ भने दोस्रो वर्षमा जनकपुर उपमहानगरपालिका, भरतपुर महानगरपालिका र कोहलपुर नगरपालिकामा कार्यक्रम विस्तार गर्न लागिएको छ ।

परियोजनाका प्रमुख युनिश घिमिरेका अनुसार ग्रीनसिफ्ट परियोजनाले विद्यालयहरुमा ‘वेस्टस्मार्ट स्कुल’ कार्यक्रम, युवासँग सहकार्य, फोहोरमैला व्यवस्थापन नीति निर्माण, फोहोरमैला उद्यमलाई सबलीकरण गर्न अनुदान र सफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सशक्तिकरण तालिम जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा पहिलो वर्षमा सहभागी भएका १२ वटा विद्यालयलाई सम्मान गरिनुका साथै स्थानीय तहमा नीतिनिर्माणमा सहयोग पुर्याउने तीन जनालाई वेस्टस्मार्ट फेलोको रुपमा सम्मान गरियो ।

साथै, मुल्यांकनको आधारमा छनौट भएका बागमती प्रदेशका तीन, मधेश प्रदेशका दुई र लुम्बिनी प्रदेशका एक गरी छ वटा निजी फोहोरमैला तथा अफसाइक्लिङ्ग कम्पनीहरुलाई २० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यार्थी, युवा र शिक्षकहरुले राजदूत लोरेन्जोसँग दोहोरो अन्तरक्रिया गरेका थिए ।  परियोजना क्रिएसन नेपालको नेतृत्वमा रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याबसँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register