जाडो मौसममा नवजात शिशुलाई यसरी गर्नुहोस् स्याहार

एजेन्सी । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनु पर्ने हुन्छ । जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा बच्चालाई लगाउनुपर्छ । यदि तपाईं जाडोमा दुई वटा लुगा लगाउनुहुन्छ भने बच्चालाई तीन वटा लुगा लगाइदिनुहोस् । बच्चाको टाउको सधैँ छोपेर […]

Oct 25, 2024 - 04:49
 0
जाडो मौसममा नवजात शिशुलाई यसरी गर्नुहोस् स्याहार

एजेन्सी । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनु पर्ने हुन्छ । जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा बच्चालाई लगाउनुपर्छ । यदि तपाईं जाडोमा दुई वटा लुगा लगाउनुहुन्छ भने बच्चालाई तीन वटा लुगा लगाइदिनुहोस् ।

बच्चाको टाउको सधैँ छोपेर राख्नुहोस् । बच्चालाई टाउकोबाट नै छिटो न्यानो प्राप्त हुन्छ । यसबाहेक जब बच्चालाई चिसो हुन थाल्छ, सबैभन्दा पहिले उसलाई खुट्टाबाट चिसो लाग्न थाल्छ ।

तपाईंले आफ्नो हातको पछाडि भागले बच्चाको खुट्टा र पेट छुनुहोस्, यदि बच्चाको खुट्टा चिसो छ तर पेट तातो छ भने यसको मतलब बच्चा चिसो हुन थालेको छ । यस्तो अवस्थामा बच्चालाई केही बढी लुगा लगाइदिनुहोस् र कोठाको तापक्रम बढाएर राख्नुहोस् ।

आमाले बच्चालाई स्किन टु स्किन न्यानो पनि दिन सक्छिन् । यसको लागि बच्चालाई चिसोबाट बचाउन आफ्नो छातीमा टाँसेर राख्न सकिन्छ । यदि तपाईंले बच्चालाई आवश्यकताभन्दा बढी लुगा लगाइदिनुभयो भने बच्चालाई भित्रभित्रै पसिना आउन थाल्छ । यसले बच्चालाई गर्मी लाग्छ जसले गर्दा बच्चाको तौल बढ्दैन । त्यसैले बच्चालाई धेरै कम वा धेरै बढी लुगा लगाउनबाट बच्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register