भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो (तस्वीरहरू)

काठमाडौं । तिहार फ्लोरा एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यस प्रदर्शनी सञ्चालनमा ल्याइएको हो । उक्त प्रदर्शनी कात्तिक ९ गतेदेखि १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । तिहारलाई लक्षित गरि गोदावरी, मखमलीलगायत नर्सरी फलफूल कृषि वन तथा जडिबुटीहरु प्रदर्शनीमा राखिएको छ […]

Oct 25, 2024 - 08:07
 0
भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो (तस्वीरहरू)

काठमाडौं । तिहार फ्लोरा एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यस प्रदर्शनी सञ्चालनमा ल्याइएको हो ।

उक्त प्रदर्शनी कात्तिक ९ गतेदेखि १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । तिहारलाई लक्षित गरि गोदावरी, मखमलीलगायत नर्सरी फलफूल कृषि वन तथा जडिबुटीहरु प्रदर्शनीमा राखिएको छ ।

मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ वटा स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टलसहित जम्मा ७० स्टल रहनेछ ।

मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रि वितरणको लागि राखिएको छ । साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ ।

एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register